
कोभिडका कारण पदयात्रा तथा घुमघाम त्यति सहज छैन । तै पनि छोटो तथा मध्यम दुरीमा रहेका पर्यटकीय गन्तव्यहरुमा जाने क्रम सुरु भएको छ ।
यस्तै गन्तव्यमध्ये एक हो, पत्ताले । सोलु दूधकुण्ड नगरपालिकामा पर्ने यो ठाउँ हिमश्रृंखला अवलोकन गर्ने गन्तव्य बनेको छ । सगरमाथा, गौरीशंकर, ल्होत्से लगायत हिमश्रृंखलाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
काठमाडौंबाट ९/१० घण्टाको मोटर यात्रामा यहाँ पुग्न सकिन्छ । आन्तरिक पर्यटकको चहल पहल सुरु भएकाले खान र बस्न खासै समस्या हुन्न ।
यद्यपि यो ठाउँको अझै उचित प्रचारप्रसार हुन नसकेको बताउँछन्, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा ।
उनका अनुसार स्थानीय निकायको बजेटले भ्याएसम्म पूर्वाधार विकासका कामहरु भइरहेका छन् । पत्ताले र पिकेडाँडालाई जोड्ने योजनाअनुसार काम भइरहेको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4