Comments Add Comment

कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

६ मंसिर, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।

यस्तै ललितपुरकी ५६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासम समस्या आएपछि २ मंसिरमा अस्पताल भर्ना भएकी थिइन् । उनी मुटुसम्बन्धी रोगका समेत बिरामी थिइन् ।

भक्तपुरका ७१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा ममस्या भएर ५ मंसिरमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोही दिन पुष्टि भएको थियो ।

कोहलपुर नगरपालिका-११, बाँकेकी ६८ वर्षीया महिलाको शनिबार दिउँसो । भेरी अस्पतालमा मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या भएपछि २८ कात्तिकमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २९ गते पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१३, कास्कीका ७९ वर्षीय पुरुषको शुक्रबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएका उनलाई कोरोना संक्रमण भएको २८ कात्तिकमा पुष्टि भएको थियो ।

मोदी गाउँपालिका-६, पर्वतका ६१ वर्षीय पुरुषको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल आएका उनलाई कोरोना संक्रमण भएको शुक्रबार मात्र पुष्टि भएको थियो ।

भिमाद नगरपालिका-५, तनहुँका ६६ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया पनि भएको थियो ।

सियारी गाउँपालिका-४, रुपन्देहीकी ६५ वर्षीया महिलाको शनिबार दिउँसो भीम अस्पतालमा मृत्यु भएको छ । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment