
७ मंसीर, सप्तरी । सप्तरीमा करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमारामा आइतबार बिहान हात्तीको करेन्ट लागेर मृत्यु भएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको समूहले पडेमारा नजिकैको विद्युत पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर ती हात्तीलाई करेन्ट लागेको पाइएको नगरपालिकाका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।
हात्ती गाउँ नजिकैको धान खेतमा मृत फेला परेका छन् । उनलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको हो ।
हात्तीले विद्युतको पोल समेत भत्काइ दिएपछि यस क्षेत्रको विद्युत अवरुद्व भएको छ ।
हात्तीको करेन्ट लागेर मृत्यु भएपछि हेर्नेको भिड लागेको स्थानीयले बतााएका छन् । मरेको हात्तीलाई कानुनी प्रक्रिया पुरा गरी नजिकै खाल्डो खनेर गाडिने तयारी गरिएको नगर प्रमुख मिश्रले बताए ।
प्रतिक्रिया 4