+
+
Shares

विश्वव्यापी कोरोना खोपको सहकार्य बढाउन चीन तयार : चिनफिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १४:००
Photo Credit : REUTERS

७ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबारे सहकार्य बढाउन चीन तयार रहेको बताएका छन् । साथै मानिसहरुको जनजीवन सामान्य बनाउने नीतिमा अन्तर्राष्ट्रिय सहकार्य बढाइनु जरुरी रहेको उनको भनाइ छ । अहिले विश्वभरका फर्मास्युटिल कम्पनी र रिसर्च सेन्टरहरुले खोप निर्माणमा काम गरिरहेका छन् । अहिले केही खोपहरुको अन्तिम चरणको मानव परीक्षण पनि चलिरहेको छ । पाँच चिनियाँ खोपको अन्तिम चरणको मानव परीक्षण चलिरहेको छ ।

रियाद जी२० शिखर सम्मेलनमा भिडियो लिंकमार्फत् बोल्दै चिनफिङले खोपको अनुसन्धान तथा विकास, उत्पादन र वितरणमा अन्य मुलुकसँगको सहकार्य बढाउन चीन तयार रहेको बताएका हुन् । चीनले आफ्नो बाचा पुरा गर्दै विकासशील मुलुकलाई सहयोग गर्ने र खोपलाई सार्वजनिक वस्तु बनाउन काम गर्ने बताए । उनले सबै मुलुकका नागरिकले लिन सक्ने गरी खोपको विकास गरिने उनको भनाइ छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?