
निर्देशक सुरेश दर्पण पोखरेल वैवाहिक जीवनमा बाँधिएका छन् । केही बर्षदेखि अमेरिकामा रहेका सुरेशले शुक्रबार बिहे गरेका हुन् । बिबाहका लागि उनी नेपाल आएका थिए । उनले, विराटनगरकी निशा कार्कीसँग बिहे गरेका हुन् । निशा काठमाण्डौमा रहेर बीएन पढिरहेकी छिन् । सुरेशको बिहेमा केही चलचित्रकर्मीको पनि उपस्थिती थियो ।
सुरेश र निशा विगत १ बर्षदेखि प्रेम सम्बन्धमा थिए । सुरेशले ‘निशाना, थ्रि लभर्स, मिस यू’ लगायतका चलचित्र निर्देशन गरेका थिए । उनी, केही बर्षदेखि अमेरिकाको ग्रिन कार्ड लिएर उतै बसिरहेका छन् । अमेरिकामा रहेर पनि उनले केही म्यूजिक भिडियोको निर्देशन भने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4