Comments Add Comment

३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन

बैंकहरुले किन दिएनन् पर्याप्त आवेदन ?

७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए ।

बैंकहरुमा तरलता अभाव भए तरलता पठाउने र बढी भए खिच्ने गरेको राष्ट्र बैंकले केहीदिन अघि छोटो अवधिको तरलता खिच्न सूचना निकाल्यो । बोककवोल विधिबाट राष्ट्र बैंकले निक्षेप उपकरण मार्फत बजारबाट ३० अर्ब रुपैयाँ खिच्न सूचना निकालेको थियो । तर बैंकहरुले २५ अर्ब रुपैयाँको पनि आवेदन दिएनन् ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार ३० अर्ब रुपैयाँ निक्षेप माग गरिएकोमा जम्मा २३ अर्ब ५० करोड रुपैयाँमात्रैको आवेदन पर्‍यो । राष्ट्र बैंकले २८ दिन अवधिका लागि उक्त निक्षेप खिचेकेा हो । नक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले असोज ७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत नै आवेदन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

तर, बैंक तथा वित्तीय संस्थाहरुबाट पर्याप्त आवेदन परेन । यस अघि असोजमा पनि राष्ट्र बैंकले २८ दिनकै लागि ३० अर्ब नै तरलता खिच्न आवेदन गरेको थियो । त्यसबेला ८२ अर्ब रुपैयाँको आवेदन परेको थियो । अहिले भने पर्याप्त आवेदन नै नपरे पछि तरलता धेरै छैन कि भन्ने देखिएको छ ।

प्रवक्ता भट्ट कि धेरै नै कर्जाको माग हुन थालेको वा सर्ट टर्मको तरलताको अवस्थाबारे बैंकहरुले निक्र्योल निकाल्न नसेको हुन सक्ने बताउँछन् ।

‘बिदा परेकाले समस्या भयो’

राष्ट्र बैंकका अनुसार गत बुधबारसम्म १ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको थियो । अधीक तरलता भए पछि राष्ट्र बैंकले निक्षेप उपकरणबाट तरलता खिच्न खोजे पनि माग अनुसारको आवेदन समेत परेन ।

यसरी आवेदन नपर्नुको खास कारण भने सूचना निकालिएको समय भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । बिदाका बेला सूचना निस्किएका कारण बैंकहरुले जानकारी नै नपाएको उनले बताए ।

अहिले आवेदन नपरेको भन्दैमा बैंकहरुमा अधिक तरलता नभएको भनेर बुझ्न नहुने अध्यक्ष दाहालले बताए । ‘यसका विषयमा मैले अन्य साथिहरुसँग पनि कुरा गरेको छु, धेरै साथीहरुले थाहा पाइएन भन्नुभएको छ’ उनले भने, ‘अहिले बैंकमा पैसा नभएको होइन, अधिक तरलता छ तर बिदाको दिन सूचना आउदा समस्या भयो ।’

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्छ । राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment