Comments Add Comment

कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु

७ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५ जना, दाङका २ जना, काभ्रे, सप्तरी, तनहुँ र बर्दियाका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।

  • राजविराज नगरपालिका–२, सप्तरीका ५७ वर्षका पुरुषको विराटनगरको नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । दुई साताअघि कोरोना संक्रमण पुष्टि भएका उनी नोबलमै उपचाररत थिए । उनी सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत हुन् ।
  • काठमाडौंकी ६५ वर्षकी महिलाको मंसिर ५ गते मृतयु भएको छ । कात्तिक २८ गते अस्पताल भर्ना भएकी र २९ गते संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • काठमाडौंकी ७४ वर्षकी महिलाको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २० गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचापको समस्या थियो ।
  • काठमाडौंका ७४ वर्षका पुरुषको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएका र भोलिपल्ट संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।
  • काठमाडौंका ६७ वर्षका पुरुषको मंसिर ७ गते मृत्यु भएको छ । मंसिर ४ गते अस्पताल भर्ना भएका र सोही दिन संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।
  • काठमाडौंकी ८० वर्षकी महिलाको मंसिर ७ गते मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।
  • काभ्रेकी ७१ वर्षकी महिलाको मंसिर ५ गते मृत्यु भएको छ । कात्तिक २१ गते अस्पताल भर्ना भएकी र सोही दिन संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचाप र दमको रोग थियो ।
  • ब्यास नगरपालिका–८, तनहुँकी ५४ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २९ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • गुलरिया नगरपालिका–३, बर्दियाका ७७ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार दिउँसो पौने १ बजे मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • घोराही उपमहानगरपालिका–९, दाङका ६७ वर्षका पुरुषको शनिबार राति ११ः५० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको थियो ।
  • तुलसीपुर उपमहानगरपालिका–९, दाङका ६८ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार विहान १ः४० बजे मृत्यु भएको छ । मंसिर ४ गते अस्पताल भर्ना भएका र ५ गते संक्रमण पुष्टि भएका उनमा मधुमेह र निमोनियाको समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment