Comments Add Comment

३ घण्टा ३६ मिनेट वृक्षासन बसेर विश्व रेकर्डमा दाबी

८ मंसिर, काठमाडौं । नेपाली योग प्रशिक्षक विक्रम खड्का ३ घण्टा ३६ मिनेटसम्म वृक्षासन (ट्रि पोज)मा बसेका छन् । यससँगै विश्व रेकर्डमा उनले दाबी पेश गरेका छन् ।

वृक्षासनको विश्व रेकर्ड हाल भारतीय नागरिक सनत रथको नाममा छ । १८ जुन २०२० मा बैंगलोरका सनतले १ घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।

वृक्षासनको पुरानो रेकर्ड आफूले तोडेको दाबी गर्दै खड्काले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दाबी पेश गर्दै छन्। ‘गिनिज बुक अफ वर्ल्ड  रेकर्डबाट अनुमति लिएर र उसले तोकेका सबै मापदण्ड पुर्याएर प्रक्रिया अघि बढाएको छु,’ खड्काले भने ।

 

काठमाडौंको गोंगबुमा न्यू लाइफ क्लिनिक सन्चालन गर्दै आएका खड्काले यसअघि २०६४ सालमा टुँडिखेलमा लगातार पाँच घण्टासम्म टाउकोले टेकेर उभिएका थिए । यस्तै २०६५ सालमा लगातार चार घण्टासम्म बलेको मैनबत्तीमा आँखा नझिम्काइ हेरेकोहेर्यै (त्राटक) गरेका थिए ।

यी दुवैमा पनि आफूले विश्व रेकर्ड राखेको तर प्रक्रिया नपुर्याउँदा गिनिज बुकको प्रमाणपत्र नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment