Comments Add Comment

हस्तमैथुन गर्ने फुटबलरको सम्मानमा पाइलटले बनाए आकासमै यौनांग

काठमाडौं । आफूले उडाएको जेट विमानलाई आकासमै घुमाएर पुरुष यौनांग जस्तो आकृति बनाएको अभियोगमा रुसका दुईजना पाइलटमाथि अनुसन्धान सुरु भएको छ ।

पाइलटहरुले आकाशमा जहाजलाई घुमाएर उडाइ यौनांग तयार पारेको दृश्य उडान ट्रयाकिङ गर्ने सफ्टवेयरबाट पत्ता लागेको थियो । उनीहरुले रुसी फुटबल टोलीका कप्तानसँग एक्यबद्धता जनाउनका लागि यसो गरेको बताइएको छ ।

रसियन पोबेदा एयरलाइन्सको उक्त विमान उडाउने पाइलटहरुको नामचाहिँ खुलाइएको छैन ।

आफ्नो ओछ्यानमा बसेर हस्तमैथुन गरिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएसँगै रुसको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन आर्टेम डिजिउबा निलम्बनमा परेका छन् । हस्तमैथुनको आरोपमा निलम्बित फुटबल कप्तानको समर्थनमा पाइलटहरुले आकासमै यौनांग बनाइदिएका हुन् ।

गत नोभेम्बर ११ मा उक्त विमान मस्कोबाट येकाटेरिनबर्ग जाँदै थियो ।

एयरलाइन्सका प्रवक्ताले चाहिँ फुटबल क्याप्टेनमाथि दुर्व्यवहार गरिएको विरोधमा उनीप्रति एक्यबद्धता जनाउन पाइलटहरुले त्यस्तो क्रियाकलाप गरेको बताएका छन् ।

समाचार अनुसार पाइलटहरुले लिंगाकारको उडान गर्नका लागि विमानस्थल टावरसँग रेडियो नेभिगेसन उपकरण जाँच गर्ने भन्दै अनुमति मागेका थिए ।

हवाई मार्गमा लिंगको आकार बनाउन जहाज घुमाएपछि गन्तव्यमा अवतरण गर्न २० मिनेट ढिलो भएको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment