Comments Add Comment

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

Photo Credit : MATT EDGE/THE NEW YORK TIM​ES/REDUX

काठमाडौं । याहु कम्पनीकी पूर्व कार्यकारी अधिकृत तथा गुगलको स्थापना कालका २० कर्मचारी मध्येकी एक मेरिसा माएरले आफ्नै एक नयाँ एप लञ्च गरेकी छिन् ।

मेरिसाले Sunshine Contacts नामको आईओएस एपसँगै प्रविधि जगतमा पुनरागमन गरेकी हुन् ।

याहु कम्पनीको सिइओबाट सन् २०१७ मा राजिनामा दिएकी मेरिसाले तत् पश्चात् Lumi Labs नामक आफ्नै एक स्टार्टअप कम्पनी स्थापना गरेकी थिइन् । उनले उक्त कम्पनीको नाम परिवर्तन गरी Sunshine राखेकी छिन् ।

स्मरण रहोस् मेरिसा माएरलाई प्रविधि उद्योगकी महान हस्ती मानिन्छ । याहुको सिइओ हुनुवा अलावा उनको योगदान गुगल कम्पनीमा पनि निकै ठूलो रहेको छ । गुगल सर्च इन्जिनको इन्टरफेस उनले नै डिजाइन गरेकी हुन् भने गुगल म्याप निर्माणमा पनि उनको ठूलो योगदान रहेको छ । उनले गुगलमा स्थापनाकालदेखि १३ वर्षसम्म काम गरिन् भने याहुमा ५ वर्ष काम गरिन् ।

याहु छाडेर आफैले स्थापना गरेको स्टार्टअप बाटै मेरिसाले हाल नयाँ एप लञ्च गरेकी हुन् । उक्त एप उनको कम्पनीको पहिलो आधिकारिक प्रडक्ट समेत रहेको छ ।

ध्ष्चभम लाई दिएको एक अन्तरवार्तामा उनले भनेकी छिन्, ‘यो अनौठो छ कि हामीसँग सेल्फ ड्राइभिङ कार तथा ग्लोबल फेसियल रिकग्निसन हुनसक्छ । तर हामीले आफ्नो कन्ट्याक्ट्समा रहेका डुप्लिकेटहरु हटाउने सामान्य काम गर्न सक्दैनौँ ।’

वास्तवमा मारिसा माएरले ल्याएको नयाँ एप Sunshine Contacts ले मोबाइल फोनमा रहेका कन्ट्याक्ट अर्थात् फोन नम्बरहरुलाई व्यवस्थित गर्ने काम गर्दछ ।

यो एपले कुनैपनि मूल्यमा प्रयोगकर्ताका डाटा बिक्री गरेर व्यवसाय नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यो एउटा निकै सरल एप हो जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो फोनको कन्ट्याक्टलाई उत्कृष्ट तरिकाले अर्गनाइज गर्न सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले यो एपले उक्त काम आफै गर्नेछ ।

कन्ट्याक्ट इन्फर्मेसनमा इमेल आइडी जोड्ने, नामको अन्तिम वा कुनै हिस्सा छुटेमा त्यसलाई मिलाउने, अफिस नम्बर वा पर्सनल नम्बरलाई अलग गर्ने लगायतका काम यो एपका आधारभूत फिचर हुनेछन् ।

यसका अलावा यस एपबाट प्रयोगकर्ताले पर्सनल वा प्रोफेसनल कन्ट्याक्टको कार्ड बनाएर एक अर्कासँग शेयर गर्न सक्दछन् । यसमा फोन नम्बर, इमेल तथा अन्य जानकारीहरु पनि मेन्सन गर्न सकिन्छ ।

साथै यसले आइफोनका कन्ट्याक्ट्सबाट डुप्लिकेट कन्ट्याक्टहरु आफै छुट्टाएर डिलिट गरिदिन्छ । साथै अन्य श्रोतबाट पनि यसले कन्ट्याक्ट डिटेल्स संकलन गर्न सक्दछ।

हाल यो एप इन्भाइट बेसिकमा केवल अमेरिकामा मात्र उपलब्ध छ । यो एप निशुल्क रहेको छ । निकट भविष्यमै यो एपलाई सबै आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइने बताइएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment