News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमले एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज असोज ३० देखि लागू गरेको छ।
- नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
- वाइफाइ ६ इन्डिभिजुअल प्याकेजमा १०० एमबीपीएस ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएस १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएस १६ हजार ४९९ रुपैयाँ छ।
- नयाँ प्याकेज जडान गर्दा ग्राहकले शुल्क तिर्नुनपर्ने नेपाल टेलिकमले जनाएको छ।
३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो ।
नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ ।
त्यस्तै, ‘वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवाका लागि १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज आज ३० देखि लागू भएका छन् । यी सबै प्याकेजको समयावधि १२ महिना हुनेछ ।
नयाँ प्याकेज जडान गर्दा ग्राहकहरुले शुल्क तिर्नुनपर्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल टेलिकमको यस प्याकेजबारे जानकारी दिएका छन् ।
नयाँ प्याकेजको शुल्क
३० एमबीपीएस — वार्षिक ४ हजार ९९९ रुपैयाँ
१०० एमबीपीएस — वार्षिक ११ हजार ४९९ रुपैयाँ
१५० एमबीपीएस — वार्षिक १२ हजार ९९९ रुपैयाँ
२०० एमबीपीएस — वार्षिक १६ हजार ४९९ रुपैयाँ
प्रतिक्रिया 4