Comments Add Comment

इलाम पुगेनन् प्रधानमन्त्री, घुन्साबाटै फर्किए  

Photo Credit : RSS

८ मंसिर, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको इलाम भ्रमण स्थगित भएको छ । मौसम खराबीका कारण ताप्लेजुङको घुन्सा हुँदै इलामको सन्दकपुर पुग्ने कार्यक्रम स्थगित भएको हो ।

२६ कात्तिकमा संखुवासभाको भ्रमण गरेका प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलामको भ्रमणको कार्यतालिका बनाएर पूर्व आएका थिए ।

पहिलो कार्यक्रम ताप्लेजुङको घुन्सामा निर्माण भएको स्वास्थ्य चैकी उद्घाटन गर्ने थियो । तर मौसममा खराबी आएपछि प्रधामन्त्री ओली सन्दकपुर पुग्न पाएनन् । प्रधानमन्त्री ओली मौसम खराबीका कारण घुन्साबाट विराटनगर हुँदै काठमाडौं फर्किएका हुन् ।

एक्कासी मौसममा खराबी आएपछि इलामको कार्यक्रम स्थगित भएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले जानकारी दिए ।

घुन्साबाट प्रधानमन्त्री ओली सवार नेपाली सेनाको हेलिकप्टर विराटनगर आएको थियो । विराटनगर विमानस्थलमा इन्धन भरेर हेलिकप्टर काठमाडौं फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

विराटनगर विमानस्थलमा हेलिकप्टर रोकिएपनि प्रधानमन्त्री हेलिकप्टरबाट ओर्लिएनन् । उनीसँगै रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई भने हेलिकप्टरबाट उत्रिएर केही समय भीआईपी कक्षमा बसेर फर्किएका थिए ।

राज्यमन्त्रीबाट काम चल्यो

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंका अनुसार प्रधानमन्त्री नआएपनि इलामको सन्दकपुरमा स्थापना भएको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटन गरिएको छ ।

सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन र निरीक्षण गर्ने कार्यक्रम थियो । तर प्रधानमत्री नआएपछि ओलीको स्वागत गर्न पुगेका प्रदेशका १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमत्री रामबहादुर मगरले बीओपीको उद्घाटन गरेका हुन् ।
‘मौसम खराबीका कारण प्रधानमन्त्री सवार हेलिकप्टर यहाँ आएन,’ उनले भने ‘ राज्यमन्त्रीको उपस्थितिमा बीओपीको उद्घाटन गर्याैं, प्रधानमन्त्रीबाट निरीक्षण हुन पाएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment