Comments Add Comment

दाङको टारीगाउँ विमानस्थलमा हवाई इन्धन भर्न रिफ्युलर राखिने

८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले दाङको टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राख्ने भएको छ । ३० किलोलिटर क्षमताको दुई वटा रिफ्युलरसहितको अटोमेटिक ट्यांक जडान गर्ने प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।

दैनिक तीन वटा जहाजले उडान भरेपनि १५ दिनलाई इन्धन भर्न पुग्नेगरी रिफ्युलर जडान गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा एअरपोर्टमा उडान भर्ने विमानले अतिरिक्त इन्धन बोक्दा भार सन्तुलन गर्न केही सिटमा यात्रु नराखी उडान भर्ने गरेका थिए ।

विमानस्थलमा निगमको कार्यालय भवनसहितको संरचना निर्माण र रिफ्यूलरको जडान वैशाख अघि नै सकिने निगको दाबी छ ।

६६ वर्ष पहिले २०११  सालमा परीक्षण उडान गरिएको विमानस्थलमा २०१६ सालदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान भर्दै आएको थियो ।

नेपाल एयरलाइन्सले २०५२ सालमा इन्धन अभाव देखाउँदै विमानस्थलमा उडान रोकेको थियो । २०७४ पुस १९ गते समिट एयरसँग सम्झौता गरी स्थानीय सरकारले विमानस्थल सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment