Comments Add Comment

छिमेकीको हत्या आरोपमा २ जना पक्राउ

९ मंसिर, काठमाडौं । रौतहटमा छिमेकीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका–७ धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवान रहेका छन् ।

मादक पदार्थ सेवन गरेका विकास समेतले कुटपिट गर्दा स्थानीय ५० वर्षीय अमिरी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । विकाससहितको समूहले सोमबार साँझ कुटपिट गर्दा अमिरी पासवान गम्भीर घाइते भएका थिए । गरुडा बजारस्थित गरुडा सिटी हस्पिटलमा उपचारको क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्साहाबाट खटिएको टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment