Comments Add Comment

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।

मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले अनलाइनखबरसँग भने ।

कास्की जिल्लाको पोखराबाट बहुमुल्य धातुको मुर्ति चोरी गरेको घटनामा उनी फरार सूचीमा थिइन् । माइतीमै बस्दै आएकी उनलाई कास्की जिल्ला अदालत पठाएको प्रहरीले बताएको छ ।

उनी लामो समयदेखि हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment