Comments Add Comment

बलात्कारमा मिलापत्र : पीडितलाई एक तोला सुन दिने कपाली तमसुक !

१० कात्तिक, कैलाली । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

काठमाडौंमा यो अध्यादेशबारे बहस भइरहेका बेला सुदूरपश्चिममा भने पीडित युवतीलाई एक तोला सुन दिने कपाली तमसुक गरेर बलात्कारको घटना लुकाइएको खुलेको छ ।

बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि भएको बलात्कारमा मिलापत्र गरेको पाइएको छ । असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी छन् ।

उनले धारामा पानी भर्ना जाँदा आफूमाथि भएको दुश्कर्मबारे परिवारलाई बताइन् । तर पीडक पक्षले घटना सार्वजिनक गरे ज्यान मार्ने धम्की दिएर मिलापत्र गराएको छ ।

घटना गाउँमै मिलाउन पीडित किशोरीलाई एक तोला सुन दिने सहमति भएको पाइएको छ । आरोपीले कात्तिक ३० गतेभित्र सुन नदिए आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले आफूहरुले तिर्ने कपाली तमसुक गरेका छन् ।

अहिले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी गरेका छन् । पीडित युवती आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कडा कारबाही गरिने बताए । ‘मैले पनि भर्खर घटनाबारे जानकारी पाएँ । किशोरीलाई बलात्कार गरी मिलापत्र गराइएको रहेछ’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘यसमा संलग्नहरू सबैमाथि कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment