
१० मंसिर, चितवन । चितवनमा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । अहिले उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् ।
मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो ।
शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको छ । शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ ।
ईसीजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने डा. रेग्मीले अनलाइनखबरलाई बताए ।
शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताएका छन् ।
शाहलाई अस्पतालमा ल्याउनुपर्ने अवस्था भए तत्कालै ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया 4