Comments Add Comment

पर्यावरण आपतकाल घोषणा गर्दै न्युजिल्याण्ड

११ मंसिर, काठमाडौं । न्युजिल्याण्डले पर्यावरण आपतकालको घोषणा गर्ने तयारी गरेको छ । विश्वको तापक्रमको वृद्धि न्यूनीकरणमा सांकेतिकरुपमा दबाब दिन न्युजिल्याण्डले यस्तो तायारी गरेको हो । आगामी बुधबार यो योजनालाई थप अघि बढाउने न्युजिल्याण्डको सरकारले बताएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भनिन्, ‘हामीले सधैं हाम्रो क्षेत्रका लागि जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा लिँदै आएका छौँ र यो हामील यस विषयमा तत्काल कदम अघि बढाउनु जरुरी छ ।’ उनले यसअघिको कार्यकालमा आफूले ये कदम संसद्बाट पास गराउन नसकेको भए पनि यसपटक भने आफूहरु त्यसका लागि सक्षम रहेको बताएकी छिन् ।

गत महिना न्युजिल्याण्डमा भएको आम निर्वाचनमा बहमत हात पार्दै अर्डन दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकी हुन् । न्युजिल्याण्डले सन् २०५० सम्ममा नेट कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment