+
+
Shares

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १३:३७

११ मंसिर, विराटनगर । मोरङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर भएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?