
१२ मंसिर, काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–७ की ७६ वर्षीया वृद्धाको शुक्रबार बिहान ७ः३० बजे मृत्यु भएको हो । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4