Comments Add Comment

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज गरेका छन् । प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै उनले त्यसलाई सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव गरेका छन् ।

उनले अघि भनेका छन्, पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं ।’ विचार, संगठन, आचारण र आर्दशमा कुनै विचलन आउन नदिने र सबैलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

अध्यक्ष ओलीले महाधिवेशजबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमथ र बहुमतको खेल खेल्ने थलो बनाउन समते उनले नेताहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्दि्रत बनौं । विचार, विधि, संगठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिपेशज आयोजना गरेर त्यसबाट खोजौं ।’

हेर्नुस् ‌‌ओलीको जवाफको पूर्णपाठ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment