Comments Add Comment

एशोसिएटतर्फको उपाध्यक्षमा ढकाल समूहका संघई विजयी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए ।

एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान समूहबाट भिडेका थिए ।

यसअघि महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ र जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका ज्योतिले यसपटक ढकालको विपक्षी प्यानलबाट उम्मेदवारी दिएका थिए ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी त्रिवेणी स्पिनिङ मिल्सका मालिक हुन् । सरकारबाट सीआईपी सम्मान समेत पाएका उनी एक वाणिज्य बैंकको सञ्चालक समेत हुन् ।

एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment