+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

बारामा राइस मिलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:४०
प्रतिकात्मक तस्वीर

१४ मंसिर, वीरगञ्ज । बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

खरले छाएको १ तल्ले घरमा सञ्चालित मिलमा अचानक आगलागी हुँदा घरको छानो पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मोटर २ थान, धान ९ बोरा, ५ सय किलो गहुँ, २ बोरा धानको भुस पनि जलेर आंशिक क्षति पुगेको छ ।

अपरान्ह ४ बजेतिर लागेको आगो प्रहरी र स्थानियबासीको प्रयासमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?