Comments Add Comment

चण्डीराजलाई पन्छाउँदै विशिष्ट सदस्य बने मुरारका, किशोर मानार्थ सदस्य

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका चयन भएका छन् । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्याकारीणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसहितको प्यानललाई सघाएका चण्डीराजले केही वर्षदेखि विशिष्ट सदस्यका रुपमा महासंघमा राजनीति गर्दै आएका थिए ।

यसपटक गोल्छाले चण्डीराज ढकाललाई महासंघको राजनीतिबाट विस्थापित गर्ने भन्दै किशोर प्रधानलाई समर्थन गरेका थिए ।

नयाँ कार्यसमितिमा ढकाल पक्षमा बहुमत नभएकाले यसपटक चण्डीराजको विशिष्ट सदस्य पद खोसिन पुगेको छ । चण्डीराज महासंघमा लामो समयदेखि निर्णायक पात्र बन्ने गरेका थिए । यसैगरी केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई पनि मनाेनित गरिएको छ ।

महासंघको बैठकले मानार्थ सदस्यमा किशोरप्रधान मनोनित गर्ने निर्णय गरेको छ । उनी वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए । महासंघको विधानमा मानार्थ सदस्य नभएपनि गोल्छाले प्रधानलाई पनि समेट्नुपर्ने भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए ।

बैठकले कोषाध्यक्ष मनोनयन भने गर्न सकेन । अध्यक्ष गोल्छाले कोषाध्यक्ष मनोनयनका लागि प्रस्ताव गरेपनि चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यले सहमति जनाएनन् । अब कोषाध्यक्ष चयनका लागि भोलि कार्यसमितिभित्र मतदान गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment