+
+
Shares

‘कृष्ण–लीला’को छायांकन सुरु, रोमान्टिक बने पुष्प र श्रद्धा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते ९:०५

चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु गरिएको छ । पूर्वी नेपालको झापाबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको निर्माणपक्ष इलामका रमणिय दृश्य कैद गर्न व्यस्त छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतको छायांकन निर्माणपक्षले गरेको छ ।

चलचित्रको छायांकनको सुरुवात गीतबाटै गरिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिएका छन् । यो गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीतको भिडियो सुन्दर बनेको लामिछानेको तर्क छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकार मुख्य भूमिका छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनीट हाल इलामको पानीटार पुगेको छ । चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?