Comments Add Comment

एफएनसीसीआईको कोषाध्यक्ष चयनका लागि मतदान सुरु

१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु भएको छ । निर्वाचित केन्दि्र सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो ।

कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् । उनीहरुमध्ये एक जनालाई कोषध्यक्ष चयन गर्न महासंघको कार्यालय टेकुमा मतदान भइरहेको केन्द्रीय सदस्य अम्बिका पौडेलले जानकारी दिए ।

कोषाध्यक्षका लागि केन्द्रिय कार्यकारिणी समितिका सबैले मतदान गर्नेछन् । साँझ नयाँ कोषाध्यक्ष घोषणा हुनेछ । निर्वाचनका लागि महासंघको निमित्त कार्यकारी निर्देशक मिना श्रेष्ठ संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

अध्यक्ष गोल्छाले समर्थन गरेका किशोर प्रधानलाई हराउँदै चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । चुनावअघि दुई समूहमा विभाजित भएका महासंघका नेताहरु चुनाव पछि भने सबै एक हुने बताएका थिए ।

१३ गतेपछि प्यानल नै कायम नहुने बताएका उद्योगी-व्यवसायीहरु महासंघको पहिलो बैठकमा नै दुई समूहमा विभाजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment