+
+
Shares

कुनै पनि पालिका अस्‍पतालविहीन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १८:३४

१५ मंसिर, चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।

सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दा स्वास्थ्यमन्त्री ढकाल चितवनमा अस्पताल भवन शिलान्यास गर्न पुगेका हुन् ।

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरिएको छ ।

सो अवसरमा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने बताए । सोमबार एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?