+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गुणस्तरहीन उत्पादन गर्ने २६ उद्योगविरुद्ध मुद्दा दायर

३४ उद्योग तथा फर्मको उत्पादन रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते २१:४१

१५ मंसिर, काठमाडौं । न्यून गुणस्तर तथा दूषित खाद्य उत्पादन गरी बिक्री गरेको आरोपमा २६ वटा उद्योग तथा फर्मविरुद्ध मुद्दा दायर भएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा खाद्य स्वच्छता बिरुद्धको काम गर्ने ती उद्योग तथा र्फमलाई विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरुमा सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् । खाने तेल र बेकरीका तीन तथा पशु दाना, चाउचाउ र मिठाइका दुई दुई वटा रहेका छन् ।

यस्तै घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रंग, बियर, मटर प|mाइ खाद्य पदार्थमा समेत गुणस्तर मापदण्ड पुरा नभएको पाइएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरुमध्ये ८ वटा मुद्दा न्यून गुणस्तरका, ७ वटा मुद्दाहरु दुषित र ७ वटा मुद्दाहरु लेवल लगायतका विवरण नमिलेका छन् भने ४ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उल्लघंन सम्बन्धी छन् ।

खाद्य ऐन तथा नियमावली विपरित कार्य गर्ने ३४ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का गरेर सिलबन्दी गरी नमूनाहरु संकलन गरिएको पनि विभागले जनाएको छ ।

कारबाही अघि बढाइएकामध्ये प्रशोधित पिउने पानिका १५ खाद्यान्न तथा दलहनका ८, दुध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यावसायहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?