Comments Add Comment

‘इरानका परमाणु वैज्ञानिकको हत्या रिमोट नियन्त्रित बन्दुकबाट’

१६ मंसिर, काठमाडौं । इजरायल र निर्वासित विपक्षी समूहले रिमोट नियन्त्रित बन्दुकबाट गोली प्रहार गरेर परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई हत्या गरेको इरानले जनाएको छ ।

इरानका परमाणु वैज्ञानिक मोहसिनको गत शुक्रबार राजधानी तेहरान नजिकैको अबसार्ड शहरमा गत शुक्रबार गोली हानी हत्या भएको थियो । तेहरानमा मोहसिनको सोमबार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिको क्रममा इरानका सुरक्षा प्रमुख अलि शामखानीले आक्रमणकारीले इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको दाबी गरे । शामखानीले भने, ‘उहाँको सुरक्षाका लागि आवश्यक उपाय गरिएको थियो, तर दुश्मनहरुले बिल्कुलै नयाँ तरिका अपनाए । दुर्भाग्यवस हाम्रा दुश्मनहरु यसमा सफल भए । यो निकै जटिल मिसन थियो, किनभने यसमा इलेक्ट्रोनिक उपकरण प्रयोग गरिएको छ ।’ घटनास्थलमा प्रत्यक्षदर्शी पनि कोही नरहेको उनले बताए ।

उनले यो हत्यामा यहुदी शासन र मोसादसँगै निर्वासित इरानी विपक्षी समूह मुजाहिदिन–ए खाल्क (एमकेओ) संलग्न रहेको उनले बताए ।

हालै फार्स न्यूज एजेन्सीले रिमोट कन्ट्रोलबाट नियन्त्रित गनको प्रयोगबाट परमाणु वैज्ञानिक मोहसिनको हत्या गरिएको समाचार सार्वजनिक गरेको थियो ।

शुरुमा इरानी रक्षा मन्त्रालयले मोहसिनको कारलाई केही बन्दुकधारीले निशाना बनाएको र त्यही क्रममा गोली हानेर हत्या गरेको जानकारी दिएको थियो ।

इजरायलले इरानको यो दाबीमा कुनै टिप्पणी गरेन । सन् २००० को दशकको शुरुआतमा मोहसिन फखरीजादेहले इरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इरानले परमाणु वैज्ञानिक मोहसिनको हत्याको बदला लिने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

दुलही केकी

Advertisment