+
+
Shares

घुससहित सवइन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १६:३६

१६ मंसिर, काठमाडौं । स्याङ्जाबाट एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासाबापत उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?