
गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सचिन सिंहको संगीत संयोजन छ ।
लामो समयदेखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा व्यस्त छन् ।
सार्वजनिक भिडियोमा मोडल तथा संचारकर्मी नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ । भिडियोलाई यूवराज वाइवाले निर्देशन गरेका हुन् । निसाल पौडेलले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4