Comments Add Comment

४ लाख २८ हजार मूल्य बराबरको कपडा बरामद

१७ मंसिर, वीरगञ्ज । बाराबाट प्रहरीले ४ लाख २८ हजार ८ सय ५० मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१० बाट सो मूल्य बराबरको भन्सार छलीको लत्तकपडा प्रहरीले बरामद गरेको हो । ना ११ प ७७३२ र बी.आर २२ एफ ८१८३ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थमा तयारी कुर्ता सुरूवाल, सल लगायतका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तस्करहरूले प्रहरी टोलीलाई देखेपछि कपडा र मोटरसाइकल छोडेर भागेको थियो । बरामद गरिएको कपडा र मोटरसाइकल भन्सार ऐन अनुसार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment