+
+

रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ मंसिर १७ गते १८:३८

१७ मंसिर, काठमाडौं । रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलका व्यवसायीले बुधबार प्रदर्शन् गरेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सञ्चालन गर्न नपाए भोकले मर्ने स्थिति आउने बताए ।

सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शन गरेको प्यवसायीहरु बताउँछन् । अध्यक्ष राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।

रात्रीकालीन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?