+
+
Shares

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १८:१८

१७ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१४, कास्कीकी ४८ वर्षकी महिलाको बुधबार दिउँसो साढे १२ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?