Comments Add Comment

कस्ता थिए महाभारतका पात्र कर्णका दुई पत्नी

महाभारतमा कुन्ती पुत्र कर्णको चर्चा धेरै सुन्न सकिन्छ । कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध महाभारतमा वर्णित छन् । महाभारतको प्रमुख पात्रमध्येका एक कर्णलाई महाभारतमा मुख्य भूमिकामा देखाउने गरिन्छ ।

कर्ण महाभारतका सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान् परशुराम स्वयंले समेत कर्णको श्रेष्ठता स्वीकार गरेका थिए ।

कर्णको चर्चा पछि यति चुलिए पनि उनको बाल्यकाल भने जन्म दिने आमाको पालनपोषणका साथ अघि बढ्न सकेन । उनलाई अधिरत र राधाले पालेका थिए । ती बालक गंगामा बहँदै गर्दा एक किनारामा भेटिएका हुन् । धृतराष्ट्रका सारथि अधिरथ नदीको किनारामा आफ्नो घोडालाई पानी पिलाउँदै गर्दा ती बच्चा भेटिएका थिए । पछि उनीहरुले आफ्नो घरमा लगेर पालनपोषण गर्न थाले ।

अधिरथ निःसन्तान थिए । अधिरथकी पत्नीको नाम राधा थियो । राधाले उक्त बालकलाई आफ्नो पुत्र समान गरेर पाले । ती बालकको कान एकदमै सुन्दर थियो । यसकारण उसको नाम कर्ण राखियो भन्ने विभिन्न हिन्दू ग्रन्थहरुमा उल्लेख छ ।

यी सूत दम्पतीले नै कर्णको पालन-पोषण गरेका थिए । त्यसकारण कर्णलाई ‘सूतपुत्र’ पनि भन्ने गरिन्छ । उनलाई राधेय पनि भन्ने गरिन्छ ।

व्रूशाली र सुप्रिया कर्णकी दुई पत्नीहरु थिए । दुवै एकदमै सुन्दर थिए । ‘अंग’ देशका राजा कर्णकी पहिली पत्नीको नाम व्रूशाली थियो भने कान्छी पत्नी थिइन् सुप्रिया । कर्णको व्रूशालीपट्टिबाट ३ वटा र सुप्रियाको तर्फबाट ३ बच्चा जन्मिएका थिए । व्रूशालीबाट वृषसेन, सुषेण र वृषकेतको जन्म भएको थियो ।

वू्रशाली दुर्योधनको रथका सारथि सत्यसेनकी बहिनी थिइन् । यो पनि भनिन्छ कि व्रूशालीले कर्णको मुत्युपछि सोही चितामा आफ्नो समाधी लिएकी थिइन् ।

उनी एकदमै चरित्रवान र पतिव्रता नारी थिइन् । व्रूशालीको बारेमा यो पनि भन्ने गरिन्छ कि उनैले द्रौपदीलाई आफ्नो पिता या भाइहरूसँग जाउ भनेर सल्लाह दिएकी थिइन् । त्यतिबेला द्रौपदीले उनको सल्लाह मानेकी थिइनन् । केही दिनपछि द्रौपदीको चीरहरण भयो ।

कर्णकी दोस्री पत्नी थिइन् सुप्रिया । उनी दुर्योधनकी पत्नी भानुमतीकी अति मिलनसार मित्र थिइन् । सुप्रियाको कोखबाट चित्रसेन, सुशर्मा, प्रसेन, भानुसेन नामक ३ पुत्र जन्मिए । सुप्रियालाई नै पद्मावती र पुन्नुरुवी समेत भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment