Comments Add Comment

अझै हल नखोल्न सरकारको आग्रह

विगत ८ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु अझै खुल्न सकेका छैनन् । सरकारले हल खोल्ने बिषयमा कुनै निर्णय नगरेको खण्डमा आफूहरुले हल खोल्ने चेतावनी प्रदर्शकले दिइसकेका छन् ।

तर, सरकारले भने अझै १५ दिन हल नखोल्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ नियम लागू गर्न निर्देशन दिएका हुन् ।

गौतमले पत्रकार सम्मेलनमा चलचित्र हल, रात्रिकालिन व्यवसायहरु नखोल्न तथा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका काम नगर्न संस्था तथा व्यवासयीहरुलाई आह गरेका हुन् ।

सरकारले अझै १५ दिन हल नखोल्न आग्रह गरिरहँदा आउँदो महिनाबाट भने केही लचिलो हुने संकेत गरेको छ । पौष महिनाबाट सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने अनुमती सरकारले दिन्छ या दिदैन, यो भने हेर्न बाँकी छ । तर, चलचित्रकर्मीहरुले भने हल खोल्ने बिषयमा सरकारले चासो नदिएको भन्दै आफै हल खोल्ने चेतावनी दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment