Comments Add Comment

बीसीसीआईको साधारण सभा २४ डिसेम्बरमा

आईपीएलमा दुई नयाँ टिमको टुङ्गो लगाउने

१८ मंसिर, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को वार्षिक साधारण सभा यही डिसेम्बर २४ ताखिरमा हुने भएको छ । बीसीसीआईको ८९औं साधारण सभाले आईपीएलमा नयाँ टिमको टुङ्गो लगाउने सहित विभिन्न एजेण्डामा छलफल गर्ने भएको छ ।

भारतीय अनलाइन स्पोर्ट्सस्टारका अनुसार साधारण सभामा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थप्ने सहित विभिन्न २३ एजेन्डामा छलफल हुनेछ । मुख्य एजेन्डा नै आईपीएलमा टिम थप्ने बारे रहेको छ ।

यस्तै बोर्डको उपाध्यक्षको लागि निर्वाचन समेत हुनेछ । यसअघि निर्वाचित उपाध्यक्ष महिम बर्माले गतवर्ष राजिनामा दिएपछि सो पदका लागि नयाँ निर्वाचन हुन लागेको हो । आइपीएलको गभर्निङ काउन्सिलको दई सदस्यको लागि निर्वाचन गर्ने विषय समेत रहेको छ ।

इन्डियन क्रिकेटर्स एसोसियसनका लागि प्रतिनिधि चयन गर्ने एजेन्डा पनि रहेको छ । यसका साथै सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकका लागि क्रिकेट समावेश गर्ने विषयमा बीसीसीआईले पहल गर्ने विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment