+
+
Shares

‘कान्छी मट्याङ ट्याङ’मा किरण–श्रेया, एलिना–अजयको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १६:५८

गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक भएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपासिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको संगीत छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले निर्देशन गरेका पछिल्ला भिडियोहरु चर्चामा छन् ।

भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । यो गीतको भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहानको साथमा मोडलहरु श्रेया सिटौला, अजय श्रीज, सुनिल कटुवालको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा विधानले कलाकारलाई स्कुले जीवनमा फर्काएका छन् । स्कुले जीवनमा हुने चञ्चलता, प्रेमको कुरा भिडियोमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?