Comments Add Comment

प्रदेश २ स्तरीय महिला सिकाइ सञ्जाल गठन

१८ मंसिर, वीरगञ्ज । प्रदेश २ मा महिला मानव अधिकार रक्षकहरुको भेलाले प्रदेश स्तरीय सिकाइ सञ्जाल गठन गरेको छ ।

सिराहाकी महिला मानव अधिकारकर्मी रेणु कर्णको अध्यक्षतामा ८ वटै जिल्लाका महिला मानव अधिकार रक्षकहरु सदस्य रहेको १७ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

मंसिर १६ गतेदेखि महोत्तरीको बर्दिबासमा दुई दिनसम्म चलेको भेलाले सञ्जाल गठन गरेको शान्तिका लागि साझा अभियान कोक्यापले जनाएको छ ।

सञ्जालको सचिवमा रौतहटकी देवकी नेपाल छिन् । सञ्जालले महिला मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले भोगेका समस्याको समाधान उनीहरु मध्येबाटै गर्न प्रेरित गर्ने कोक्यापकी अम्बिका पौडेलले बताइन् ।

८ वटै जिल्लामा जिल्ला स्तरीय सिकाई सञ्जाल गठन गर्ने, सबलीकरण गर्दै जाने र र प्रदेश २ मा विद्यमान मानव अधिकार हननका घटनाको अन्त्य गर्ने गरी सञ्जालले काम गर्ने दावी गरिएको छ ।

प्रदेशलाई लैंगिक हिंसा उन्मूलन भएको प्रदेश बनाउन पनि सञ्जालले भूमिका निर्वाह गर्ने सञ्जालमा आवद्ध महिला मानव अधिकार रक्षकहरुले बताएका छन् ।

भेलामा प्रदेशका ८ वटै जिल्लाका २६ जना महिला मानव अधिकार रक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment