
भारतमा कोरोना संक्रमितको संख्या बढिरहेपनि सरकारले सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्देशन दिएको थियो । यसैले, बलिउड चलचित्रका छायांकन धमाधम भैरहेका छन् । चलचित्र छायांकनका क्रममा कलाकारहरुमा कोरोना संक्रमण पनि देखिएको छ ।
चन्डीगढमा छायांकन भैरहेको चलचित्र ‘जुग जुग जियो’का मुख्य कलाकारहरुमा कोरोना पोजिटिभ देखिएपछि काम रोकिएको भारतीय मिडियाले बताएका छन् । चलचित्रका मुख्य नायक वरुण धवन, कलाकार अनिल कपुर र नितु कपुरलाई कोरोना संक्रमण भएको हो ।
यी तिन कलाकारमा कोरोना संक्रमण देखिएपछि चलचित्रको काम रोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको टिमले भने यस बिषयमा आधिकारिक जानकारी दिइसकेको छैन ।
केही भारतीय मिडियाले नायिका कियारा आडवाणीमा पनि कोरोना संक्रमण देखिएको उल्लेख गरेपनि यसको पुष्टी भने भैसकेको छैन । कलाकार ऋषि कपुरको निधनपछि नितु कपुरले अभिनय गर्न लागेको यो पहिलो चलचित्र हो ।
यो चलचित्रलाई राज मेहत्ताले निर्देशन गरिरहेका छन् । चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।
प्रतिक्रिया 4