
२० मंसिर, झापा । राजसंस्थाको माग गर्दै देशका अन्य भागमा जस्तै झापामा पनि प्रदर्शन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गरेको हो ।
प्रदर्शनका लागि राप्रपाले जिल्लाका विभिन्न स्थानबाट आफ्ना कार्यकर्ता तथा समर्थकलाई पूर्वी नाका काँकडभिट्टामा भेला पारेको थियो । काँकरभिट्टाबाट सुरु भएको र्याली बिर्तामोडमा आएर कोणसभामा परीणत भएको थियो ।
कार्यक्रममा राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए । राजसंस्था तथा हिन्दुराष्ट्र देशको आवश्यक्ता भएको भन्दै उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो, क्लाइमेक्स आउन बाँकी नै छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4