Comments Add Comment

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२० मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

कास्कीका तीन जना तथा सिराहा, काठमाडौं, काभ्रे, धादिङ, चितवन, बर्दिया, कैलाली र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • पोखरा महानगरपालिका-१२, कास्कीका ८० वर्षीय पुरुषको शनिबार थत फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको १६ मंसिरमा पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-११, कास्कीकी ७२ वर्षीया महिलाको शुक्रबार राति फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनलाई मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-१७, कास्कीका ५७ वर्षीय पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको २८ कात्तिकमा पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।
  • मिर्चैया नगरपालिका-१, सिराहाका ७५ वर्षीय पुरुषको नोबेल अस्पताल, बिराटनगरमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भएपछि उनी अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको बिहीबार पुष्टि भएको थियो ।
  • काठमाडौंका ८१ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १५ मंसिरमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काभ्रेका ५२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ५ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएर १० गते अस्पताल भर्ना भएका थिए ।
  • धादिङकी ८७ वर्षीया महिलााको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १२ मंसिरमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १४ गते पुष्टि भएको थियो ।
  • भरतपुर महानगरपालिका-८, चितवनकी ३० वर्षीया महिलाको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या दिएर १४ मंसिरमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १५ गते पुष्टि भएको थियो ।
  • गुलरिया नगरपालिका-७, बर्दियाका ७२वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब दिएका उनलाई कोरोना संक्रमण भएको १० मंसिरमा पुष्टि भएको थियो भने स्वास्थ्यमा थप समस्या देखिएपछि ११ गते अस्पताल भर्ना भएका थिए ।
  • गोदावरी नगरपालिका-८, कैलालीका ३२ वर्षीय शनिबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १६ मंसिरमा अस्पताल भनाए भएका थिए ।
  • कृष्णपुर नगरपालिका-२, कञ्चनपुरका ५८ वर्षीय पुरुषको शनिबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १४ मंसिरमा एक निजी अस्पताल पुगेका उनको उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment