+
+

विदेशमा कोरोनाले मृत्‍यु हुने नेपालीको संख्या ३०० नाघ्यो

जर्मनी र भारतमा २ जनाको मृत्यु जर्मनी र भारतमा २ जनाको मृत्यु
२०७७ मंसिर २१ गते ११:३१

लण्डन । विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को साप्ताहिक रिपोर्टअनुसार यो साता थप दुईजनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । योसँगै प्रवासमा मृत्यु हुने नेपालीको संख्या ३०१ पुगेको एनआरएनएले जनाएको छ ।

यो साता जर्मनी र भारतमा एक/एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटसमेत हो । जर्मनीसँगै नेपालीको मृत्यु हुने देशहरुको संख्या २० पुगेको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?