Comments Add Comment

चुनावको तिक्तता मेटाउन महासंघ पदाधिकारीको जमघट चन्द्रागिरिमा

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीको टोली शुक्रबार साँझ चन्द्रागिरि पुग्यो । महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्षत्रय अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र दिनेश श्रेष्ठको टोली छलफलका लागि भन्दै चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको हो ।

‘क्लोज क्याम्प’ नाम दिइएको उक्त जमघट सकेर शनिबार अपराह्न टोली काठमाडौं झरेको थियो । महासंघको गत १३ गते सम्पन्न चुनावमा दुई प्यानलसहित चुनावी मैनादमा उत्रिएका थिए । जसमा अध्यक्ष शेखर र उपाध्यक्षद्वय अञ्जन र दिनेशलाल एक प्यानलका हुन् भने वरिष्ठ उपाध्यक्ष र अर्का उपाध्यक्ष रामचन्द्र संघई अर्का प्यानलका हुन् ।

यो क्लोज क्याम्पले महासंघका पदाधिकारीहरुलाई एक हुन मद्धत पुगेको अध्यक्ष गोल्छाले बताए । यो जमघटले पदाधिकारीबीच आत्मीयता बढाएको उनको भनाइ छ । ‘हामीबीच भएका असमझदारीहरु हटाएर हाम्रो उद्देश्य भेट्नका लागि एक हुने निष्कर्षमा आएका छौंँ’ अध्यक्ष गोल्छाले भने, ‘अब हामी मिलेर काम गर्नु पर्छ, के-कसरी काम गर्ने भन्ने विषयमा पनि हामीले एकदमै सौहार्द्ध वातावरणमा छलफल सम्पन्न गरेका छौं ।’

चुनाव सकिएसँगै महासंघमा प्यानल खारेज हुने बताएका उद्योगी व्यवसायीहरुको मनमुटाव पहिलो बैठकमा छताछुल्ल भएको थियो । सोल्टी होटलमा बसेको पहिलो कार्यकारिणी बैठकले विशिष्ट सदस्य रहेका चण्डीराज ढकालको पद खोस्दै उनको ठाउँमा पशुपति मुरारकालाई नियुक्त गर्ने निर्णय गर्‍यो । वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका किशोर प्रधानलाई मानार्थ सदस्य र कोषाध्यक्ष पनि गोल्छा प्यानलकै आउने भए पनि ढकाल समूहका धेरै केन्द्रीय सदस्यहरु उठेर बाहिर निस्किए ।

दुई समूह सहमत नहुँदा सोही दिन मनोनित गर्न सकिने कोषाध्यक्षमा निर्वाचन नै गर्नुपरेको थियो । तर अब भने महासंघ एक भइसकेको गोल्छाको दाबी छ । उद्देश्य सँधै सबैको एउटै भए पनि केही असमझदारी थिए । ती असमझदारीलाई समेत हटाएर चन्द्रागिरिबाट मनले पनि एक भएर फर्किएको उनले बताए ।

पहिलो केन्द्रीय समितिको बैठकमा नै दुई प्यानलमा देखिनु भयो, कसरी एक हुन सक्नुहोला त ? भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘ठूलो आगो लागेपछि झ्याप्मै निभ्दैन, पहिलो बैठकमा भएको त्यही हो, अब भने हामी एक भइसक्यौँ ।’ चन्द्रागिरि बसाइको पनि यही सन्देश भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment