+
+
Shares

दोलखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १२:५४

२१ मंसिर, काठमाडौं । दोलखामा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ रहेका छन् ।

चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको जिप बिगु गाउँपालिका-५ स्थित लाइसेप भन्ने स्थानमा आइतबार बिहान दुर्घटना हुँदा जिप चालक तामाङको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।  दुर्घटनामा परी सोही गाउँपालिका-५ की २२ वर्षीया कमला तामाङ घाइते भएकी छन् ।

घाइते कमला तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रहरी निरीक्षक कोइरालाका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?