Comments Add Comment

भूवन केसीको संचारमन्त्रीलाई आग्रह–‘फिल्मीकर्मीको समस्या वुझिदिनुहोला’

नायक भूवन केसीले चलचित्रकर्मीको समस्या वुझिदिन सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङलाई आग्रह गरेका छन् । संचारमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका केसीले चलचित्रकर्मीहरु लामो समयदेखिको लकडाउनका कारण समस्या परेको भन्दै हल खुलाउने बिषयमा गम्भिर भैदिन आग्रह गरे ।

नायक केसीले संचारमन्त्रीसँगको भेटबारे अनलाइनखबरसँग भने–‘लामो समयदेखि हल बन्द हुँदा चलचित्र क्षेत्रको गतिविधी नै ठप्प छ । यसले गर्दा राम्रा कलाकार, प्राविधिक चलचित्र क्षेत्रको विकल्प सोच्नुपर्ने अवस्थामा छन् । यसैले, चलचित्र क्षेत्रको बिषयमा गम्भिर भैदिन मैले मन्त्रीज्यूलाई आग्रह गरेको हुँ ।’

नायक केसीले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर छायांकन तथा चलचित्र रिलिजको तयारी गर्नुपर्ने बताए । उनले भने–‘लकडाउनका कारण सबैभन्दा बढी समस्यामा चलचित्र क्षेत्र परेको छ । कोरोना भाइरसका कारण बन्द भएका सबै क्षेत्र खुल्दा पनि चलचित्र क्षेत्र नखुल्दा हामी सबै समस्यामा छौ । मैले, यसबारेमा गम्भिर भैदिन संचारमन्त्रीलाई आग्रह गरेको हुँ ।’

भूवनले अनलाइनखबरसँग भने–‘चलचित्र क्षेत्रमै लागेर राम्रो रकम कमाएर बसेका केही सिमित चलचित्रकर्मीलाई खासै समस्या नपरेको हुनसक्छ । तर, यही क्षेत्रमा लगानी गरेरै यही क्षेत्रबाट कमाउनेहरु ठूलो मर्कामा परेका छन् । उनीहरुका लागि सरकारले निती ल्याउन आवश्यक छ । लामो समयदेखि हल नखुल्दा हल संचालकहरु ठूलो समस्यामा छन् । हलमा भएको करोडौ लगानी र बैंकको व्याजले उहाँहरुलाई पनि ठूलो समस्यामा पारेको छ । यो बारेमा सरकारले गम्भिर ध्यान दिन आवश्यक छ ।’

भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि सहभागी थिए । चलचित्रकर्मीहरुको बिषयमा मन्त्री गुरुङ सकारात्मक रहेको नायक केसीले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment