Comments Add Comment

ल्हासाले काठमाडौंलाई दियो दुईवटा कम्प्रेस्ड गारवेज ट्रक

भन्यो-वातावरण सफा होस्

२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको चिनियाँ भगिनी नगर ल्हासाले २ वटा कम्प्रेस्ड गारवेज ट्रक दिएको छ । चीनको तिब्बत स्वसाशित क्षेत्रमा ल्हासाले काठमाडौं महानगरलाई फोहोर बोक्न सहज हुने ट्रक दिएको हो ।

असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ,’नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातावरण सफा र स्वच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।’

यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करिब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपुर्‍याइएको थियो ।

१५ गते ल्हासा नगरको अन्तरर्राष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपुर्‍याइएका हुन् ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । १९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो ।

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ ।

प्रमुख शाक्यले २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका मेयर गुहेओ गुहेओ काठमाडौं आएको र त्यसबेलैमा सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment