+
+

विवादित बयानपछि सैफले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १२:५१

टी–सिरिजले निर्माण गर्न लागेको चलचित्र ‘आधीपुरुष’मा रावणको भूमिका निर्वाह गर्न लागेका नायक सैफअली खानले आफ्नो विवादस्पद बयानलाई लिएर माफी मागेका छन् । उनले सीताको अपहरणलाई सही कदम भनेका थिए । सैफले माफी माग्दै भनेका छन्–‘मलाई थाहा भयो कि, मेरो एक अन्तरवार्ताले केही मानिसहरुको भावनामा ठेस पुगेको छ । मेरो यस्तो कुनै सोच थिएनँ । म आफ्नो बयानलाई लिएर माफी माग्छु र बयान फिर्ता लिन चाहन्छु ।’

सैफले हालै एक मिडियामा दिएको अन्तरवार्तामा राक्षसका राजाको भूमिका निर्वाह गर्नु रमाइलो कुरा हो । उनले, धेरै मानिसले राक्षसका राजालाई नकारात्मक रुपमा हेर्ने गरेको भन्दै चलचित्रमा उनलाई मानवीय र रोचक तरिकाले प्रस्तुत गरिने बताएका थिए ।

उनले अन्तरवार्तामा भनेका थिए–‘हामीले रामको साथ युद्ध र सीताको अपहरणलाई सही बताउने कोशिश गरेका छौ, किनकी रामले पनि सुर्पणखाको नाक काटेका थिए । रावणले बदलाको लागि सीताको अपरहण गरेका थिए, किनकी रामले पनि उनको बहिनीको नाक काटेका थिए ।’

यो बयानलाई लिएर चौतर्फी आलोचित भएपछि सैफले भगवान् राम सधै नै नायक रहेको उल्लेख गरेका छन् । चलचित्र ‘आधीपुरुष’मा असत्यमाथि सत्यको जितलाई प्रस्तुत गरिने सैफको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?