+
+
Shares

प्रथम र अञ्जलीको ‘टुना मुना

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते १७:०८

अभिनेता तथा मोडल प्रथम क्षेत्रीको स्वरमा ‘टुना मुना’ बोलको गीत सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा तयार भएको गीतमा शब्द तथा संगीत पनि क्षेत्रीकै छ । यो भिडियोमा गायक प्रथमले अञ्जली बाँनियासँग रोमान्स गरेका छन् । प्रेमीले प्रेमीका फकाएको कथालाई भिडियोमा बुनिएको छ ।

स्लोमोसन पिक्चर्स प्रालीले निर्माण गरेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन प्रथम क्षत्रीकै रहेको छ भने सम्पादन अनन्त घिमिरे, छायाँकन सुशिलजंग थापाले गरेका छन् ।

गीत गाउने रहर सानैदेखि भएपनि अहिले संयोग जुरेको क्षेत्रीले बताए । भिडियोका निर्माता हरि क्षेत्री , टिआर गौडेल र कोपिला खड्का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?