Comments Add Comment

दिल्ली उडानका लागि भारतको अनुमति कुर्दै नेपाल एयरलाइन्स

२३ मंसिर, काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ ।  १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन ।

भारत उडान गर्न नेपालबाट नेपाल एयरलाइन्सलाई तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पुरा गरेका छन् ।

अब भारतको तर्फबाट मिति तय हुनासाथ नेपाल नेपाल एयरलाइन्सले दिल्लीमा उडान थाल्ने एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

‘नेपालको तर्फबाट सबै प्रक्रिया पुरा गरी भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने । नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट उसले तोक्ने एक एयरलाइन्स कम्पनीले दैनिक एक/एक उडान गर्ने भएका छन् ।

कसरी हुनेछ उडान ? 

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडी नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने भएको छ ।

उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समय भन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ । नेपाल र भारतबीच ११ चैतयता नियमित उडान बन्द भएको हो ।

सरकारले गत भदौबाट अन्तर्राष्ट्रिय उडान खुकुलो बनाएपनि दक्षिण एसियाली मुलुकमा भने उडान खोलिसकेको थिएन ।

सरकारले अब भारतबाहेक अन्य मुलुकका लागि भने कोभिड १९ को संक्रमणको जोखिम विश्लेषण गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड र तोकिएका शर्त पालना गर्ने गरी हवाई उडान संचालन गर्न सकिने गर ििनर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान खुलेको समयमा पनि यात्रुले भने स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । अहिले दक्षिण एसियाली मुलुकमा उडान शुरु भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment